site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिणकालीको वनमा डढेलो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । बुधबार (फागुन ७) अपराह्न ४/५ बजेदेखि डढेलो लागेको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताए । डढेलो निभाउने प्रयास गरिए पनि पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको उनले जानकारी दिए ।

हालसम्म दक्षिणकाली–४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टरभन्दा बढी वन क्षेत्र जलिसकेको उनले बताए । नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता डढेलो निभाउन खटिएका छन् ।

नगरप्रमुख बस्नेतले भने, “हिजोभन्दा डढेलो केही नियन्त्रणमा आएको छ, तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।”

उनले सडकमार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्कने सम्भावना हाललाई टरेको बताए । दक्षिणकाली–४, बाँसबारी क्षेत्रबाट डढेलो फैलिएको उनले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro