site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला 

काठमाडौं । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । 

आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा उनी मृत भेटिएकी हुन् । मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुर्व्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुर्व्यवाहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।
 
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुर्व्यवाहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ । 

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

123-1739776583.jpg
स्रोतका अनुसार शवलाई अहिले पोस्टमार्टमको लागि क्यापिटल अस्पताल लगिएको छ । 

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञान रञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । उनी होस्टेलमा बस्दै आएकी उनी आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छन् ।

“विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ,” उनले भनिन् । (संवादबाट) 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro