site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु साहका आठ प्रश्नमा प्रधानमन्त्रीको आक्रोश– यहाँलाई धन्यवाद छ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांसद प्रभु साहसँग आक्रोशित बनेका छन् ।

साहले प्रधानमन्त्रीलाई राखेका आठ प्रश्नको जवाफको सुरुमै भने, “यी उहाँका प्रश्न होइनन्, उहाँका मनमा रहेका घृणा हुन् । संसद् जस्तो गरिमामय स्थानमा यस्तो भाषा राख्दा तपाईंलाई के लाभ भयो ? भन्न मिल्छ ? तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?”

लिखित जवाफको तयारीमा रहेका प्रधानमन्त्रीले भने, “ उहाँले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्दैन ।”

यस्ता थिए प्रश्न 

सम्माननीय सभामुखमार्फत म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रश्न सोध्न चाहन्छु-
(१)    नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ ?  उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अबैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?
(२)    झण्डै ७० लाख भन्दा बढि नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्‌यान्स आउनुपर्ने हो ?  तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३-१४ खर्ब आउने संभावना छ। मेरो प्रश्न छ- हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ?  के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?
(३)    वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्।  किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईहरूले के कति लाभ पाउनुभएको हो ?
(४)    नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ। ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३०% हुन आउँछ।  यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उभो लाग्छ?
(५)    तपाईले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन? प्रष्ट पारिदिन अनुरोध गर्दछु। 
(६)    यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?
(७)    संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक-यात्राको क्रममा जनताको आन्द्रा-भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ? 
(८)    आवासविहीनहरूलाई घर बनाउन 'सुरक्षित आवास'  भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ?

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro