site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशसभा बैठक : अध्यादेश सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृत गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष प्रस्तुत गरेका थिए । प्रतिवेदन छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।

बैठकमा आर्थिक मामिलामन्त्री डा. टकराज गुरूङले सामायिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro