site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात दिनमा साढे चार करोडको फूल खपत हुने अनुमान, ७५ प्रतिशत आयात
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा भ्यालेनटाइन डे (प्रणय दिवस) अवधिभर साढे चार करोड रुपैयाँभन्दा बढीको फूल खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले फेब्रुअरी ७ देखि १४ सम्म चार लाख २५ हजार स्टिम गुलाब (डज रोज) फूलको माग हुने अनुमान गरेको हो ।

यसमा काठमाडौं उपत्यकाभित्र करिब दुई लाख ५५ हजार र बाहिर एक लाख ७० हजार स्टिम रोज खपत हुने फ्यानको आकलन छ ।

आपूर्ति सहज भएमा यो सात दिनमा करिब चार करोड ६७ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ ।

बजार मागको करिब २५ प्रतिशत मात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुने र ७५ प्रतिशत आयात हुने संघको भनाइ छ ।

फूलको गुणस्तरअनुसार प्रतिस्टिमको उपभोक्ता मूल्य ९० देखि १२० रुपैयाँसम्म पर्छ ।

गत वर्ष प्रणय दिवसको अवधिमा तीन लाख ५० हजार स्टिम गुलाबको कारोबार भएको संघले जनाएको छ ।

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन आठ देखि १० हजार स्टिम गुलाबको माग रहने फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताएका छन् । नेपालमा जाडोयाममा कम फूल उत्पादन हुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro