site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रत्नपार्क ‘सबैभन्दा’ प्रदूषित, पोखरा पनि ‘अस्वस्थकर’ 
फाइल तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार मध्याह्न वायु प्रदूषणको तह बढेको छ । वातावरण विभागको तथ्यांकानुसार, सोमबार (माघ २८) मध्याह्न १२ बजे रत्नपार्क सबैभन्दा धेरै प्रदूषित छ । अरू चार स्थान पनि अस्वस्थकर छन् ।

उक्त समयमा रत्नपार्कको वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७८ पुगेको छ । पछिल्लो २४ घण्टामा रत्नपार्कको एक्यूआइर्ए १६२ थियो । 

उपत्यकाका भैँसेपाटी, खुमलटार, शंखपार्क र भक्तपुरको एक्यूआई पनि १६० भन्दा माथि १७३ सम्म मापन गरिएको छ । रत्नपार्कमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११७.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

सोही समयमा कास्कीको पोखारको एक्यूआई पनि बढेर १६३ छ । त्यहाँ पीएम २.५ को मात्रा बढेर ८०.५ पुगेको छ । पोखरामा पछिल्लो २४ घण्टाको एक्यूआई १५४ मापन भएको थियो ।

यी सबै स्थान विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डानुसार ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तर मापदण्डानुसार एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro