site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशबारे निर्णय गर्न बस्दै जसपा नेपाल संसदीय दल बैठक
उपेन्द्र यादव । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले संघीय संसद्‌मा पेस गरेका अध्यादेशबारे निर्णय गर्न जसपा नेपाल संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित कार्यालयमा बिहान ११ बजे दलको बैठक बस्ने अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी गराएको छ ।

पार्टीको अध्यादेश अध्ययन कार्यदलले आजै प्रतिवेदन बुझाउनेछ । त्यसपछि बस्ने संसदीय दलको बैठकबाट यसबारे औपचारिक निर्णय लिइने सचिवालयले जनाएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्दै छ । बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । राष्ट्रियसभाबाट अध्यादेश पारित गर्न सत्तापक्षले जसपा नेपालको साथ खोजेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro