site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘ड्रामा’ गरेर धरानमा खानेपानी समस्या समाधान हुँदैन : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानी समस्या समाधान नहुने बताएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत खानेपानी तथा सरसफाइ नियमावली, २०८१ का बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको टिप्पणी गरे । ड्रामाभन्दा काम गर्न उनले सुझाव दिए ।

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनले आरोप लगाए ।

Dabur Nepal
NIC Asia

मन्त्री यादवले धरानका जनतालाई पानी दिने दायित्व सरकारको भएको स्पष्ट पारे । सहज रूपमा पानी उपलब्ध गराउन संघ सरकारले काम अघि बढाउने उनले उल्लेख गरे ।

खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको उनले जानकारी दिए । अब खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा सहज हुने उनले बताए ।

उनले साना, घरेलु उपयोगबाहेकका आयोजनाको सर्वेक्षण, निर्माण तथा सञ्चालनका निम्ति अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए ।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको काम र जिम्मेवारीलाई नियमावलीमा थप प्रस्ट पारिएको मन्त्री यादवले बताए ।

दुई हजारभन्दा बढी धारा भएका खानेपानी सेवाप्रदायकले कुल महसुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै, औद्योगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोर पानी सरकारले तोकेको मापदण्ड पालना हुने गरी प्रशोधन गरेर मात्र ढल निकास प्रणालीमा जोड्नुपर्ने व्यवस्था नियमावली रहेको मन्त्रालयले जनाएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro