site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साप्ताहिक सेयर बजार : अघिल्लो साता जतिले बढ्यो, त्यतिले घट्यो

काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २५८८.६२ विन्दुमा बन्द भयो । दुई हप्ताअघि पुस १८ गते बिहीबार पनि बजार २५८६.२३ विन्दुमै बन्द भएको थियो । गएको हप्ताको पाँच कारोबार दिनमा सेयर बजार जति बढ्यो, यो साता त्यति नै घट्यो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, यो साता बजार ४६.४५ अंकले घटेको छ । गत साता पाँच कारोबारमध्ये एक दिन बजार घटेको थियो । समग्रमा बजार ४८.८४ अंकले बढेको थियो ।

गएको साताको अन्तिम कारोबार दिन पुस २५ गते नेप्से परिसूचक २६३५.०९ विन्दुमा पुगेको थियो । तर, उक्त विन्दुबाट बजार पुनः ओरालो लागेको छ ।

सामान्य अवस्थामा सातामा पाँच दिन सेयर कारोबार हुँदै आएको छ । यो हप्ता माघ १ गते पनि सार्वजनिक बिदाका कारण सेयर बजार बन्द भयो । यो साता चार दिन सेयर कारोबार भयो । त्यसमध्ये तीन कारोबार दिन बजार घट्यो । एक कारोबार दिन बुधबार नेप्से झिनो अंकले बढ्यो ।

यो बुधबार नेप्से १.८३ अंकले बढ्यो । आइतबार २५.४१, सोमबार १५.५४ र बिहीबार ७.३३ अंकले नेप्से परिसूचक घटेको हो ।

यो साता चार कारोबार दिनमा २२ अर्ब ४० करोड ७४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । गएको साताको तुलनामा कारोबार रकममा कमी आयो । गएको साता ३० अर्ब २६ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यो साता सेयर कारोबार रकममा सात अर्ब ८५ करोड ६२ लाख रुपैयाँले कमी आएको हो ।

फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए
नेप्सेका अनुसार, यो साता सर्वाधिक गुमाउनेमा फाइनान्स समूहका लगानीकर्ता छन् । यो साताको अन्तिम कारोबार दिन फाइनान्स समूहका सबै १५ कम्पनीको सेयर मूल्य घट्यो । उक्त दिन फाइनान्स समूह समग्रमा ५.१९ प्रतिशतले घटेको हो ।

पछिल्लो एक सातामा सर्वाधिक गुमाउनेमा फाइनान्स समूहका लगानीकर्ता छन् । एक हप्तामा यो समूहका लगानीकर्ताको सेयर मूल्य औसत १२.९६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro