site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य दुई दिनमा तोलामा २५ सयले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

बुधबार (अस्ति) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । बुधबारको तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढेर कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro