राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका केही पूर्वप्रशासकहरूसँग छलफल गरेका छन् ।
बिहीबार उनले सीमित स्रोत र साधनका बीच पनि सरकार र राज्यका निकायले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल गरेका हुन् ।
थापाले ‘आफ्नो अनुभव, अध्ययन र दक्षताका आधारमा उनीहरूले दिएका व्यावहारिक सुझाव र छलफलका निष्कर्षलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्ने’ बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ २०:५८
प्रतिक्रिया दिनुहोस्