site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोन कल सेवामा एनटीसी र एनसेलको प्रतिस्पर्धा, डाटामा ७ प्रतिशतको अन्तर

काठमाडौं । नेपालका दुई दूरसञ्चार सेवाप्रदायक कम्पनीबीच सेवा विस्तारमा बलियो प्रतिस्पर्धा देखिएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले फोन कल सेवामा नेपाल टेलिकम (एनटीसी) र एनसेलबीच प्रतिस्पर्धा देखाएको हो ।

प्राधिकरणको तथ्यांकअनुसार, भ्वाइस सेवाका लागि प्रयोग गरिएको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम–एनटीसी) र एनसेलको सिम कार्ड संख्या तीन करोड एक लाख ५८ हजार ७७७ छ । यसमा एनटीसीको सिम सब्स्क्रिप्सन संख्या एक करोड ५२ लाख १३ हजार ८५० छ । एनसेलको एक करोड ४९ लाख ४४ हजार ९२७ छ ।

यसरी भ्वाइस वा फोन कल सेवामा एनटीसीको बजार हिस्सा ५०.४४ प्रतिशत र एनसेलको ४९.५५२ प्रतिशत देखिएको हो । भ्वाइस सेवाका लागि प्रयोगमा रहेको सिम संख्याका आधारमा एनसेल एनटीसीभन्दा ०.८८ प्रतिशतले मात्रै पछि छ ।

प्राधिकरणको तथ्यांकअनुसार, नेपालमा मोबाइल, वायर्ड र स्याटेलाइट वा जीएमपीसी गरी फोन कल सेवा प्रयोगकर्ताको संख्या तीन करोड एक लाख ५९ हजार ८३२ अर्थात् जनसंख्याको १०३.४१३ प्रतिशत छ ।

ncell-ntc-nepal-it-telco-1736752031.jpg
 

इन्टरनेट डाटामा एनसेल पछाडि
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार, इन्टरनेट सेवाका लागि प्रयोग गरिएको एनटीसी र एनसेलको सिम संख्या दुई करोड ६२ लाख तीन हजार ५७२ छ । जसमा एनटीसीको सिम सब्स्क्रिप्सन संख्या एक करोड ४० लाख ३९ हजार ७३२ छ । एनसेलको एक करोड २१ लाख ६३ हजार ८४० छ ।

यसरी इन्टरनेट चलाउन प्रयोग हुने मोबाइल डाटामा एनटीसीको बजार हिस्सा ५३.५८ प्रतिशत र एनसेलको ४६.४२ प्रतिशत देखिएको हो । डाटाको बजारमा एनटीसीभन्दा एनसेल ७.१६ प्रतिशतले पछि छ ।

नेपालमा मोबाइल, तारसहितको र ताररहित गरी उपलब्ध इन्टरनेट सेवा जनसंख्याको १३४.६० प्रतिशत छ । यसमा मोबाइल ब्रोडब्यान्डको हिस्सा ८९.८५ प्रतिशत छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro