site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टीभित्र कुनै पूर्वसमूह छैनन् : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको बताएका छन् । मंगलबार आठौँ केन्द्रीय कमिटी बैठकको समापन गर्दै उनले पार्टीमा १० बुँदे, पूर्वमाओवादी जस्ता कुनै पनि समूह नरहेको बताएका हुन् ।

“एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामीले पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ,’’ अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुुपर्छ ।’’

ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लागेको आरोप लगाए । आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर, लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने भनाइ उनको छ ।

उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको प्रचार गर्न पनि आह्वान गरेका छन् । ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको बताए । छिमेकीका विकासबाट नेपालले लाभ लिने भनाइ उनको छ । नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro