site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक : एमाले

काठमाडौं । नेकपा (एमाले)ले सम्भाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको निचोड निकालेको छ । मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले पारित गरेको प्रस्तावमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा गइरहेको भूकम्पका धक्काहरूले त्यस क्षेत्रमा त्रास बढाएकोे उल्लेख छ ।

“सुदूरपश्चिम र कर्णाली प्रदेशमा बारम्बार गइरहेका स–साना भूकम्पका धक्काहरूले त्यस क्षेत्रमा त्रास बढाएको छ । यही पुस ६ गते बिहान बाजुराको जगन्नाथ–५, गोत्री केन्द्रविन्दु बनाई गएको भूकम्पले सयौँ घरहरू भत्काएको छ । आज चीनको तिब्बत केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालमा पनि केही भौतिक क्षति पुगेको छ । सम्भाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिँदै यो बैठक यस विषयमा संघ, प्रदेश, स्थानीय तह र नागरिकहरूबीच बलियो साझेदारी निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ,” प्रस्तावमा भनिएको छ ।

बैठकले आज बिहान चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेनजिकै केन्द्रविन्दु भएर गएको भूकम्पले पु¥याएको क्षतिप्रति सहानुभूति प्रकट गरेको छ । भूकम्पमा परी हालसम्म ९५ जनाले ज्यान गुमाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro