site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा वायु प्रदूषण उच्च, काठमाडौंसहित चार सहर अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । आइतबार काठमाडौंसहित देशका चार सहरमा वायु प्रदूषणको तह उच्च भएको छ । वातावरण विभागको वायुको गुणस्तर मापकका आधारमा ती सहर अति अस्वस्थकर र अस्वस्थकरको सूचीमा परेका छन् ।

विभागका अनुसार आइतबार अपराह्न १२ बजे काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, धनुषाको जनकपुर र कैलालीको धनगढीमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित छ, त्यहाँको वायु अति अस्वस्थकर बनेको छ ।

धनगढीमा सो समय ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) २०३ पुगेको छ । त्यहाँको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १४८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

काठमाडौंको रत्नपार्कमा सोही समयमा एक्यूआई १८२ र पीएम २.५ को मात्रा १०७.६ पुगेको छ ।

यस्तै, खुमलटारमा एक्यूआई १७७ र पीएम २.५, १०४.१ तथा जनकुपरमा एक्यूआई १६२ र पीएम २.५, ८५.८ पुगेको विभागको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अति अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro