site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असोजको १० पछिको बाढी-पहिरोबाट १३ अर्ब क्षति, कुन प्रदेशमा कति ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौवटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैयाँबराबर भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ रुपैयाँ बराबरको दाबी सम्पत्ति बिमामा परेको छ ।

यस्तै, इन्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । मोटर बिमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दाबी रकम माग गरिएको छ ।

मोटर बिमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दाबी रकम माग भएको छ । सामुन्द्रिक बिमामा २३ वटा आवेदन परेको छ । त्यसमा चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ ।

पशुपन्छी बिमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दाबी भएको छ ।

प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दाबी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ ।

गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठवटा आवेदन पर्दा चारवटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीनवटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro