site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलीलाई माधव नेपालको आग्रह– फासिस्ट नीति अवलम्बन गर्ने शासकको पछि नलाग्नुस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिंसात्मक नीति अवलम्बन गर्ने शासकको पछि नलाग्न इजरायली नागरिकलाई आग्रह गरेका छन् । प्यालेस्टाइनीमाथि इजरायली ‘जनसंहार’विरुद्व देशव्यापी हस्ताक्षर अभियानको सोमबार काठमाडौंको रत्नपार्कमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे । नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने उनले बताए ।

प्यालेस्टाइनीमाथि इजरायलको क्रूरता निन्दनीय रहेको उनले उल्लेख गरे । उनले नेपालले न्याय र अन्यायलाई छुट्ट्याउन सक्नुपर्नेमा जोड दिए ।

“न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको विरुद्धमा, फासिजमको विरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ,” उनले भने, “हाम्रो देश नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्छ । गर्दै आएको पनि छ ।”

उनले अगाडि भने, “अहिलेको सरकारले जसरी जघन्य मानवअधिकारको हनन, मानवअधिकारको जघन्य हनन भइरहेको छ, हत्या भइरहेको छ, क्रूरताको पराकाष्ठामा प्यालेस्टाइनीमाथि जसरी व्यवहार भइरहेको छ, त्यो निन्दनीय र खेदजनक छ ।”

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताए ।

गाजा–प्यालेस्टाइन युद्ध सुरु भएको १४ महिनापछि सोमबारदेखि पूर्वप्रधानमन्त्रीसहितका नेताहरूले हस्ताक्षर अभियान थालेका हुन् । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro