site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि बोपाराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य 

काठमाडौं । रवि बोपाराको अर्धशतकप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गर्‍यो । 

चितवनका बोपाराले ५१ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । योसँगै बोपारा एनपीएलमा अर्धशतक प्रहार गर्ने पाँचौँ ब्याटर बने । 

यसअघि विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल शाह र लहिरु मिलान्थासँगै सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । ४६–३ को कठिन स्थितिबाट बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ६८ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए । 

बोपारा १६औँ ओभरको अन्तिम बलमा रेमन रेफरको बलिङमा मार्कस क्रितकेलीबाट क्याच हुँदै पभेलियन फर्किएका थिए । यी दुई क्रिजमा हुँदा चितवनले पहिलो १० ओभरमा ९३ रन बनाएको थियो । तर, यसपछिका ब्याटर क्रिजमा लामो समय टिक्न नसक्दा चितवन विशाल योगफलसम्म पुग्न सकेन । 

कप्तान कुशल मल्लले २३ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाए । उनी १४औँ ओभरको दोस्रो बलमा सागर ढकालको बलिङमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए । यसबाहेक, लुक बेन्केन्स्टाइनले १६ रन बनाएका थिए । 

छैटौँ ओभरका दोस्रो बलमा बास डे लिडेले गरेको बलिङमा कुशल भुर्तेलबाट क्याच हुनुअघि बेन्केन्स्टाइनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर हसन आइसाखिलले १० बलमा एक चौका र एक छक्कासहित १४ रन बनाए । 

हसन पाँचौँ ओभरको पहिलो बलमा विपीन खत्रीको बलिङमा कुशल भुर्तेलबाट क्याच भएका थिए । सन्तोष खत्रीले १३ बलमा ११ रन थपे । उनी रेमन रेफरले गरेको १८औँ ओभरको पाँचौँ बलमा विपीनबाट क्याच भए । 

दीपक बोहराले दुई रन थप्दा सोहेल तान्विर भने ‘गोल्डेन डक’ भए । दीपकलाई पोखराका विपीनले बोल्ड गर्दा तान्विर बास डे लिडेको बलमा एलबीडब्लूको सिकार बने । पोखराका विपीन, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिए । सागर ढकालको नाममा एक विकेट रह्यो । 

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको छ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् । 

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध ९० रनको जित दर्ता गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro