site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंका छुट्टाछुट्टै स्थानमा शनिबार तीनजना मृतावस्थामा भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, गोकर्णेश्वर–१, सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बुका ५२ वर्षीय नरबहादुर राई मृत फेला परेका छन् ।

यस्तै, टोखा नगरपालिका–१०, खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरीको धरान उपमहानगरपालिकाका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसलअगाडि मृत फेला परेका छन् ।

दक्षिणकाली नगरपालिका–६ स्थित दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानीट्यांकीनजिक खोल्सामा शनिबार बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।

अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान खुलेको छैन । तीनै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro