site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य भएको बताएका छन् ।  

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज जुम्ला सदरमुकाम खलंगा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफलमा उनले कर्णाली प्रदेशका दशवटै जिल्लाको समृद्धिको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकतामा जोड दिए ।

उनले भने, “जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी छ । हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ ।” 

दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने उनको भनाइ छ ।  

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्लाको समृद्धिका लागि राजनीतिक पूर्वाग्रहलाई पन्छाएर सहकार्यमा जुट्नुपर्नेमा जोड दिए । 

संघीय सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले जुम्लाको स्वास्थ्य, शिक्षा, यातायात र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro