site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय उडानमा पाँच हजारसम्म घट्यो निगमको भाडा

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर पाँचहजारसम्म घटाएको छ । निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ ।

यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको भाडादरमा पाँच हजार छुट दिएको छ ।

Dabur Nepal
NIC Asia

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण वायुसेवा निगमको हवाई उडानहरू कटौती भएको र भाडादर उच्च भएको भन्दै भाडा घटाएको निगमले जनाएको छ ।

निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी भए जानकारी गराउन पनि अनुरोध गरेको छ ।

दिइएको छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्बर १ देखि २२ तारिखसम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीकोे सिफारिसमा काठमाडौं–दिल्ली–काठमाडौं ३७ जनालाई सतप्रतिशत छुट दिएको छ । 

यस्तै ३३ जना बिरामीका आफन्तलाई ५० प्रतिशतमा टिकट उपलब्ध गराएको जनाएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro