site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अरू जिल्लामा कति ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । गएको कात्तिकमा देशभर ९७ हजार १९६ घरजग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रूपमा कम खुलेकाले कारोबारको संख्या घटेको हो । गएको असोजमा एक लाख ८४८ कारोबार भएको थियो ।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार, कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार ३६२, हालसाबिक दुई हजार ११४, रोक्कातर्फ २५ हजार ३० छन् ।

विभागका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापामा सबैभन्दा बढी चार हजार २६६ घरजग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार ११५, बेलबारीमा दुई हजार ८२१, धनुषामा दुई हजार १५८ वटा कारोबार भएका छन् ।

Dabur Nepal
NIC Asia

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्र कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुंगामा १७ वटा कारोबार भएका विवरण छ ।

सबैभन्दा बढी राजस्व संकलन गर्ने काठमाडौं उपत्यकाका मालपोत कार्यालयमध्ये कलंकीमा एक हजार ६४९ घरजग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार ३४८, डिल्लीबजार कार्यालयले ९३९ वटा कारोबार गरेको छ । चाबहिल मालपोतले एक हजार ४२३ वटा कारोबार गरेको छ ।

विभागका अनुसार, ०८० कात्तिकमा ७७ हजार १८५ घरजग्गा र ०७९ कात्तिकमा ९७ हजार १९६ वटा कारोबार भएको थियो ।

विभागका अनुसार, घरजग्गाको कारोबारबाट यो वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँबराबर राजस्व संकलन गरिएको छ । घरजग्गाको कारोबारमा अपेक्षित रूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ ।

गएको असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा पनि गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँबराबरको राजस्व संकलन भएको थियो ।

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल, ललितपुरले चार लाख ६७ हजार ७२०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५ र डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ रुपैयाँबराबरको राजस्व संकलन गरेका छन् ।

विभागका अनुसार, मालपोत कार्यालयले चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२, कलंकीले १७ करोड आठ लाख ४४ हजार ७५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार ६६५ रुपैयाँबराबरको राजस्व संकलन गरेका छन् । मुलुकभर १३३ मालपोत कार्यालय छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro