अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ ।
निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ २०:३३
प्रतिक्रिया दिनुहोस्