site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौं । नक्कली कागजात बनाएर तीनजनालाई जापान लगेको कसुरमा अनुसन्धानका निम्ति पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न आइतबार अदालतबाट म्याद थप गरिएको छ ।

उक्त कसुरमा अनुसन्धानका निम्ति आइतबारै दिउँसो अधिकारीलाई काठमाडौं ल्याई अदालतबाट दुई दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो । हामीले काठमाडौं ल्याएर अदालतबाट दुई दिनको म्याद भएको छ ।”

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा ‘डिपोर्ट’ भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले त्यहाँ जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप छ ।

यस्तै, नेकपा (एमाले) कोसी प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट अनुमोदन गरिएको थियो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro