site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केरुङ नाका पुनः सञ्चालनमा ल्याउने तयारी
फाइल तस्बिर ।

रसुवा । अविरल वर्षासँगै पहिरोका कारण बन्द रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय राजमार्ग आउँदो सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

गएको असोज १२ गतेदेखि अवरुद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि यातायात सञ्चालनमा ल्याउने सीमाक्षेत्रका समकक्षीले शनिबार टेलिफोनमार्फत जानकारी गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

रसुवागढी–केरुङखण्डअन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएकाले चिनियाँ मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro