site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरामा सार्वजनिक गरियो दिपल ईभी, विशेष छुट क्याम्प हुँदै

काठमाडौं । नेपालका निम्ति चांगानको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले पोखरामा दिपल ईभी सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले गएको शुक्रबार दिपल ईभी सार्वजनिक गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा र डाइरेक्टर सौरभ थापाले दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।

दिपल ईभी सार्वजनिक गर्दै प्रदेशका मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गर्दै यो र अरू ब्रान्डले बिक्री मात्र नभएर त्यसपछिको सेवा र ग्राहक सन्तुष्टिलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

यस्तै, ब्रान्ड एम्बास्डर एवं नेपाल क्रिकेट संघका सचिव समेत रहेका खड्काले दिपल ‘ईभी भ्यालु फर मनि’ भएको बताए । “यसमा यति धेरै फिचरहरू छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन,” उनले भने, “म दिपलको पफर्मेन्सबाट पूर्ण रूपमा सन्तुष्ट छु । म पोखरालाई आफैँ आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु ।”

चांगान पोखराकी संस्थापक थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । “औपचारिक रूपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौँ,” उनले भनिन् ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् । यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको कम्पनीको जिकिर छ ।

एमएडब्ल्यू वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दै दिपल, सेरस र नामीले नाडा अटो शोमा जारी गरेको विशेष अफर उपलब्ध गराइने जनाएको छ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने र ‘अनस्पट फाइनान्सिङ’ एवं ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro