site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९ परियोजनामा एक करोड ९० लाखसहित सामाजिक क्षेत्रमा २० करोड योगदान गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘एनसेल फाउन्डेसन’को घोषणा गर्दै आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले एनसेल फाउन्डेसनमार्फत व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजना सञ्चालन गर्ने बताएको छ ।

एनसेलले नेपाल र आमनेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको १९ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीका सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण भएको बताउँदै एनसेल फाउन्डेसनको स्थापना गरिएको बताए । उनले भने, “विगतका १९ वर्षमा एनसेलले एक करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गरी दुई अर्ब रुपैयाँ (एक करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको छ ।” 

एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउन एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । सामाजिक कार्यमा सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने मुख्य उदेश्य छ ।  एनसेलले बृहत्तर हितको पक्षमा सामाजिक कार्य गर्दै आएको बताएको छ ।

ncell1-1726572659.jpg
 

यस्तो छ सामाजिक क्षेत्रमा गरेको योगदान
२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको बताएको छ । साथै आफ्ना परिवारजन तथा आफन्तसँग सम्पर्कमा रहेर कम्पनीले ग्राहकहरूलाई एक अर्ब ६० करोड बराबरको सेवा सुविधा निःशुल्क उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेलले आफू पहिलो निजी कम्पनी भएको बताएको छ । गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्‍याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयलाई कक्षा कोठा बनाउन पनि सहयोग गरेको जनाएको छ । 

कम्पनीले २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता विपद् पीडितलाई सहयोग गर्न प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको जनाएको छ । 

१९औँ वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक क्षेत्रमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । 

“एनसेलले टावर राख्ने, दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिमअनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रूपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढेको कम्पनी पनि हो,” जाब्बोरले भने ।

कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । जाब्बोरले गत वर्ष नै एनसेलले पारालिम्पिक कमिटीलाई सहयोग प्रदान गरेको बताए । उनले भने, “एक वर्षअघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपाईंहरूको संस्थामार्फत पारा खेलाडीहरूको विकासको लागि सहयोग गर्न चाहन्छौँ भन्दा उहाँहरूले विश्वास नै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहलअन्तर्गत जहाँ सहयोग पुगेको छैन त्यो क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो ।” 

ncell-(2)-1726566498.jpg
आफ्नो ब्रान्डको बाचा ‘आज, भोलि सधैँ सँगै’ र एनसेल फाउन्डेसनको शुभारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरूका साथ धेरैभन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको बताएको छ ।

नाइन्टिन फर नाइन्टिन’ परियोजनाको घोषणा
एनसेल फाउन्डेसनसँगै १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको घोषणा गरेको छ । यस पहलअन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यका योजना कार्यान्वयन गरिने र प्रत्येक आयोजनाले १० लाख ‘सीड फन्ड’को रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष छनोटमा परेका ‘एटीन फर एटीन’ अन्तर्गतका १८ परियोजना प्रदेशस्तरमा कार्यान्वयनमा रहेको बताएको छ । 

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको बताएको छ । 

‘‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोसबिना सम्भव थिएन । यसलाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोहोर्‍याउन हामी तत्पर छौँ,’’ जाब्बोरले भने । 

नेपालको एक ठूलो करदाताको रूपमा एनसेलले आफ्नो स्थापनाकालदेखि आजसम्म तीन खर्ब २० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्क बुझाइसकेको बताएको छ । 

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टूजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्यान्डदेखि प्वाइन्ट टू प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टरसेवासहित नेपाली व्यवसायलाई उनीहरूका सञ्चार आवश्यकता पूरा गर्न नवीनतम् सेवा प्रदान गर्दै आएको एनसेलको भनाइ छ ।

वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने बताएको छ । यसका साथै एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरू र अन्य कर्मचारीहरू ग्राहकहरूसँग अन्तर्क्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro