site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा पाँच लाख ६० हजार बालबालिकालाई खोप लगाइयो : राष्ट्रसंघ
तस्बिर : डब्ल्यूएचओ ।

न्युयोर्क । संयुक्त राष्ट्रसंघले गाजापट्टीका १० वर्षमुनिका पाँच लाख ६० हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको जनाएको छ ।

गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपत्कालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका निम्ति राष्ट्रसंघीय कार्यालयले जानकारी दिएको छ ।

उक्त कार्यालयका अनुसार, उत्तरी गाजामा पहिलो चरणमा राष्ट्रसंघ तथा यसका साझेदारबाट एक लाख १२ हजारभन्दा बढी बालबालिकामा खोप लगाइएको छ । साझेदारले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।

मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उद्धृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भीर चोटपटक लागेको अनुमान गरेका छन् । उनीहरूलाई पुनर्वास सेवा आवश्यक पर्छ ।

उक्त कार्यालयले गाजामा स्वास्थ्य प्रणालीको विनाशबीच ३६ मध्ये केवल १७  अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ ।

सीमित अस्पतालमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशका कारण प्राथमिक स्वास्थ्यलगायत सेवा समेत पहुँचयोग्य छैन ।

वेस्ट बैंकको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो  अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्यांकन गर्न मानवीय साझेदारलाई परिचालन गरिएको कार्यालयले जनाएको छ । त्यहाँ १२ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

वेस्ट बैंक क्षेत्रमा घातक युद्ध र रणनीतिको प्रयोगले कानुनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको उक्त कार्यालयले जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro