site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न– बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ कि रेलमा ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बंगलादेश बन्दै भनेर भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन् ।

केही समयअघि ‘देश श्रीलंका बन्छ’ भन्दै हल्ला र अहिले ‘बंगलादेश बन्छ’ भन्ने भ्रम पैदा गरिएको उनले बताए । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने कि हवाईजहाजबाट ? भन्दै उनले प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै उनले सचेत गराए । “विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंकाजस्तो हुन्छ, नेपाल श्रीलंकाजस्तो बन्छ भन्नेहरू पनि छन्,” उनले भने, “उनीहरूका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्को थरीले बंगलादेशको हल्ला गर्दै छन्, बंगलादेशजस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् कि हवाईजहाज चढाएर ल्याउँछन् ? बंगलादेशको आन्दोलन ल्याउँछु भन्दै छन् ।”

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro