site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्