site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा अनुचित लेनदेनका ९८ उजुरी

भद्रपुर । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरूमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । उनका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति २०८१/०२/११ गतेदेखि मिति २०८१/०४/०४ गतेसम्ममा उक्त उजुरी परेका हुन् ।

झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ । जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछर्यौट गर्ने अधिकार रहेको सहायक प्रजिअ नेपालले बताए । “तीस वर्षभन्दा पहिले अनुचित लेनदेन भएकादेखि हालसालै अनुचित लेनदेन भएका उजुरी परेका छन् । २० हजार देखि ८३ लाखसम्म अनुचित लेनदेन भएको दाबीसहित उजुरी आएका छन्,” उनले भने ।  

छिट्टै संयन्त्रको बैठक बसी छलफका लागि दुवै पक्षलाई बोलाई उजुरी सम्बन्धमा आवश्यक निर्णय गर्ने काम सुरु गरिने सहायक प्रजिअ नेपालले जानकारी दिए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro