site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा माओवादीको प्रश्न– समर्थन नगरी कांग्रेस कसरी सत्तापक्षमा बस्यो ?

विराटनगर । कोसीमा नेकपा (माओवादी केन्द्र)ले सरकारमै सहभागी नहुँदै नेपाली कांग्रेस सदनमा सत्तापक्ष भएर बसेको विषयमा प्रश्न उठाएको छ ।

शुक्रबार कोसी प्रदेशसभा बैठकको विशेष समयमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीलाई समर्थन नगरेको र अहिलेसम्मको सरकारमा गएको औपचारिक जानकारी पनि नआएको अवस्थामा कांग्रेस कसरी सत्तापक्ष भयो भन्दै प्रश्न गरे । 

उनले भने, “मुख्यमन्त्री बनाउने कुरामा कांग्रेसको समर्थन छैन, कुनै सांसदले हस्ताक्षर गरेको थाहा छैन । तर सरकारमा कांग्रेस सहभागी भएको पनि औपचारिक जानकारी छैन । तर, सदनमा सत्तापक्ष भएर बसेको छ ।”

उनले सरकारलाई समर्थन नगरी कसरी सरकार पक्षमा बसेको हो ? भन्दै प्रश्न गरे । “कि सरकारलाई समर्थन हुनुपर्‍यो, कि सहभागी हुनुपर्‍यो । यो खालको भूमिका संसदीय प्रणालीमा सुहाउँदैन,” उनले भने ।

कोसीमा धेरै भएको मन्त्रालय घटाएको र सुशासनमा सबैभन्दा धेरै सफलता दिएको भन्ने मुख्यमन्त्री हिक्मत कार्कीले दाबी गरेको भन्दै आङ्बोले त्यो अडानमा टिक्न सुझाव दिए ।

“तर, राज्यमन्त्रीको लस्कर लगाउनु हुने छैन भन्ने विश्वास छ,” उनले भने, “नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन मन्त्रालयहरू खाली हुनु हुँदैन । तर, कोसीमा धेरै मन्त्रालय खाली छन् ।”

उनले कोसी प्रदेश सरकारविहीनको अवस्थामा रहेको आरोप लगाउँदै संसद् सरकारको लाचार छायाँ हुनुहुँदैन भने । माओवादी औपचारिकरूपमा प्रतिपक्षी दल भएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको सदनलाई जानकारी गराए ।

“हामी प्रतिपक्षमा छौँ । ध्वंसात्मक, अतिवादीभन्दा पनि रचनात्मक भूमिका हुने छ । हाम्रो दल र पार्टी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौँ,” उनले भने ।

आङ्बोले अहिलेको बजेटले गुणात्मक परिणाम दिन नसक्ने पनि दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro