site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याग्दी नदीमा बेलीब्रिज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरास्थित म्याग्दी नदीमा बेलीब्रिज जडान गरिएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलीब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ ।

हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले ४७ मिटर लामो बेलीब्रिज जडान गरेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

नाउराको बेलीब्रिजले जलविद्युत् आयोजना निर्माणस्थलमा यातायात पहुँच स्थापित हुनुका साथै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेका नाउरा, बगर, सिम्कोस, खिवाङ, खाम्लाका बासिन्दालाई सहज भएको उनले उल्लेख गरे ।

म्याग्दी नदीमा निर्माणाधीन म्याग्दीखोला, अपर म्याग्दी र अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलाबाट कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगरगाउँनजिकैसम्म करिब १६ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् । बर्खालगत्तै बगरगाउँमा सडक पु¥याउने लक्ष्य राखिएको म्याग्दीखोला जलविद्युत् आयोजनाले जनाएको छ ।

म्याग्दीखोला, अपर म्याग्दीखोला र अपर म्याग्दीखोला–१ जलविद्युत् आयोजनाको साझेदारीमा धवलागिरि गाउँपालिका–४, केंकीबाट ८० घरपरिवारको बसोबास रहेको खिवाङ जोड्ने तीन किलोमिटर सडक निर्माण गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro