site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकिङ कसुरमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : स्वर्णिम वाग्ले
रास्वपाका उपसभापतिसमेत रहेका सांसद स्वार्णिम वाग्ले ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा वाग्लेले विश्वव्यापीरूपमा नै जरिवाना गराउने मान्यता रहेको बताए ।

उनले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताए । उनले जुनसुकै अपराधमा गर्दा पनि 'ठोक्ने, जाक्ने, थुन्ने' भन्ने खालको भाष्य समाजमा बनेकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले सानो कसुर गरेमा ठूलो जरिवानास्वरूप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताए । सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भएकाले जरिवानाको व्यवस्था गर्न उपयुक्त हुने उनको भनाइ छ ।

"२५ सय वर्ष अगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ, सबैतिरबाट कसिकसाउ गर्न सकिँदैन । प्रहरी सबै ठाउँमा तैनाथ गर्न सकिँदैन, त्यसैले स्पट चेक गर्नुपर्छ । दोषी पाइएमा कडाभन्दा कडा कारबाही गर्ने हो, डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो । यो सिद्धान्तलाई अन्य विकसित मुलुकहरूले लागु गरिसकेका छन्," उनले भने ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro