site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिहार बस दुर्घटना : उपचार नपाएको नेपालीको गुनासो
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतको बिहारस्थित समस्तीपुरमा बस दुर्घटनामा परेका नेपालीले उपयुक्त उपचार नपाएको गुनासो गरेका छन् । बाराको बारागढी गाउँपालिका–३ बाट उनीहरू भारतको देवघर तीर्थयात्राका निम्ति निस्किएका थिए ।

नेपाली तीर्थयात्री सवार बस आइतबार बिहान करिब साढे ३ बजे बिहारको समस्तीपुरस्थित मुसरीघरारी चोकमा दुर्घटना भएको थियो । उक्त बसलाई एउटा ट्रकले ठक्कर दिएको थियो ।

स्थानीय सञ्चारमाध्यम समस्तीपुर पब्लिक न्युजले बाह्रखरीलाई उपलब्ध गराएको भिडियोअनुसार, दुर्घटनामा घाइते भएकाले आफ्नो उपचार राम्रोसँग नभएको गुनासो गरेका छन् ।

ewfadg-1724580471.jpg
दुर्घटनामा परेकी रामरती देवीले छेउमा लडेका आफ्ना श्रीमान् किशोरी लाललाई देखाउँदै भनेकी छन्, “यहाँ केही उपचार भएको छैन । अघि एउटा सुई लगायो, त्यसपछि केही छैन ।”

दुर्घटनामा घाइते भएका एक अर्का नेपालीले भनेका छन्, “अहिले भर्खर आफूले सुई लिएर आएँ अनि सुई लगायो, यहाँ ब्यान्डेज, पट्टी केही भएको छैन ।”

स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा घाइते भएकालाई समस्तीपुर अस्पतालमा भर्ना गरिएको छ । ना७ख ६४४६ नम्बरको बसमा सवार ४३ मध्ये ३५ यात्रु घाइते छन् । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनमा परेकाहरूको अवस्था बुझ्न बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जसयवालसहितको टोली बिहारको समस्तीपुर जाँदै छ । अध्यक्ष जयसवालले भने, “हामी उहाँहरूलाई लिएर आउन भनेर अहिले त्यतैतिर जाँदै छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro