site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद भन्छन्– ताल कसरी फुट्यो अनुसन्धान गर्नुपर्छ
थामेखोलामा बाढीको दृश्य ।

काठमाडौं । राष्ट्रियसभाका सांसदले सोलुखुम्बुमा हिमताल फुटेर आएको भीषण बाढीबारे अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन् । आइतबार राष्ट्रियसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन पनि माग गरे ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले हिमताल एक्कासि कसरी फुट्यो भन्नेबारे अनुसन्धान गरिनुपर्ने बताए । “टासीलाम्चामा रहेको दुईवटा हिमताल फुटेको भनिएको छ । अझै थप दुई हिमताल पनि फुट्ने जोखिमा रहेको भनिएको छ । यी ताल एक्कासि कसरी फुटे भन्नेमा अनुसन्धान हुन जरुरी छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

थप ताल फुट्न सक्ने जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण यस्तो घटना भएको हुन सक्ने आशंका व्यक्त गरिन् । “जलवायु परिवर्तनको कारण पनि हुनसक्छ । निरन्तर हिउँ जम्ने ठाउँमा यो घटना घट्नु भनेको हिमाली क्षेत्र कहीँ सुरक्षित छैन भन्ने हो,” उनले भनिन् ।

नेकपा (एमाले)की सांसद रुक्मिणी कोइरालाले बाढीपहिरो प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् । उनले बढ्दो जलयवायु परिवर्तनका कारण यस्ता घटना भएको भन्दै सरकारको ध्यानकर्षण गराइन् ।

नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीले पुनर्निर्माण वा बस्ती स्थानान्तरण गर्ने भन्नेमा सरकारले ध्यान दिनुपर्ने बताए । “अब पुनर्निर्माण गर्ने या पुनर्वासको व्यवस्था गर्ने हो, सरकारले त्यसमा ध्यान दिनुपर्छ । प्राकृतिक प्रकोपबाट हुने घटनामा सरकार पूर्वतयारीको अवस्थामा रहनुपर्छ,” उनले भने । नेपालका ४७ हिमताल जोखिममा रहेको उनको भनाइ छ ।

गएको शुक्रबार दुई हिमताल फुट्दा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा भीषण बाढी आएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro