site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलमा एक्सले बन्द गर्‍यो आफ्नो अपरेसन

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)ले ब्राजिलमा आफ्नो कार्यालय एवं कामकारबाही (अपरेसन) बन्द गरेको बताएको छ ।

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डे मोरेससँगको कानुनी लडाइँबीच एक्सले यस्तो घोषणा गरेको हो ।

न्यायाधीश मोरेसले भ्रामक सूचना र ‘डिजिटल लडाकु’को अनुसन्धानका क्रममा केही अकाउन्ट हटाउन आदेश दिएका थिए ।

एक्सले एक पोस्ट गर्दै ब्राजिलमा आफ्ना कानुनी प्रतिनिधिलाई गिरफ्तार गर्ने धम्की दिएको भन्दै तत्कालै त्यहाँबाट बाहिरिने बताएको छ ।

ब्राजिलका प्रयोगकर्ताका लागि भने एक्स त्यहाँ सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

यसअघि बन्द गर्न आदेश दिएका अकाउन्ट खुला गरेको भन्दै मोरेसले एक्सका मालिक एलन मस्कविरुद्ध अपराधिक मुद्दा लगाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro