site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनजन्य विपद् : १८१ को मृत्यु, ५० जना बेपत्ता
बागलुङ पहिरोको दृश्य ।

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार (आज) दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । विपद्‌मा परी देशभर ५० जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७ जनाको मृत्यु भएको छ । मधेसमा आठ, वाग्मतीमा ३२, गण्डकीमा ५५, लुम्बिनीमा ३५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ११ गरी १८१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८ जना घाइते भए । मधेसमा ११, वाग्मतीमा २३, गण्डकीमा ४६, लुम्बिनीमा १५, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ गरी २२९ जना घाइते भएका तथ्यांक छ ।

बाढीपहिरोमा परी कोसीमा तीन, मधेसमा एक, वाग्मतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ५० जना बेपत्ता छन् ।

काठमाडौं उपत्यकामा २८, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा तीन, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ११३ जनाको उद्धार गरिएको छ ।

यो अवधिमा विपद्का घटनाबाट चार हजार ६८९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ । जेठ २८ मा मनसुन नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro