site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४६ मेगावाटको माथिल्लो बलेफीमा चार बैंकको लगानी सम्झौता

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको बलेफी नदीमा बन्न लागेको ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत् आयोजनामा चार बैंकले लगानी गर्ने भएका छन् । ४६ मेगावाट क्षमताको नदी प्रवाही माथिल्लो बलेफी जलविद्युत्मा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कृषि विकास, नेपाल एसबीआई  तथा माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् ।

सम्झौतामा लक्ष्मी सनराइज बैंकका मनिषराज कुँवर, कृषि विकास बैंकका सुदिपकुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रविन भट्टराई माछापुच्छ्रे बैंकका विनितचन्द्र झा र माथिल्लो बलेफी जलविद्युत्का निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरे ।

९ अर्ब ४३ करोड कुल लागत रहेको आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छन् । आयोजनाको बाँकी २५ प्रतिशत रकम  कम्पनीका प्रर्वदक/संस्थापकहरूको लगानी रहने छ । आयोजनामा लक्ष्मी बैंकले चार अर्ब सात करोड, कृषि विकास बैंकको एक अर्ब पाँच करोड, नेपाल एसबीआई बैंकको एक अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको कम्पनीले जनाएको छ ।

माथिल्लो बलेफीले ०७८ साल साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो । आयोजनाको ०८० मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । आयोजनाले वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी उत्पादन गर्ने जनाएको छ । कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro