site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अक्वा त्रिदेव’ ब्रान्डको पानीमा कोलिफर्म भेटियो, महानगरद्वारा दुई लाख जरिवाना 

काठमाडौं। ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख जरिवाना गर्ने निर्णय गरेको छ । तारकेश्वर नगरपालिका–१० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डष्ट्रीले उत्पादन गरेको पानीमा कोलिफर्म मिसिएको पुष्टि भएको हो । 

महानगरले साउन २५ गते गोगंबु क्षेत्रबाट पाँच वटा ब्रान्डका नाममा उत्पादित २० लिटरका जारको पानीको नमुना संकलन गरेको थियो । ती नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्म भेटिएको महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । 

मंगलबार प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको हो । डा. झाका अनुसार प्रतिएक सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सीएफयू) देखिएको छ । 

खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार “नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८०’ अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । पानीमा सीएफयू तीन सयभन्दा धेरै देखिनु पानीको स्रोतमा सफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।” 

कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । डा. झाका अनुसार जरिवाना गरिएसँगै सो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । जार र बोतलको पानीमा किरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro