site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी छानबिन समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछ : सभापति थापा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिले सहकारीको छानबिनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिए ।

उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरूलाई बोलाएर सोधपुछ गरिरहेको बताए । कारागारमा रहेकारूलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको उल्लेख गरे । समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन पत्रचार गरेको बताए ।

Argakhachi Cement Island Ad

विदेशमा रहेका २१ जना सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनको लागि ल्याउन सरकारसँग आग्रह गरेको स्पष्ट पारे । समितिले आगामी भदौ १ गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षसँग बयान लिने कार्य सक्ने योजना बनाएको बताएको छ ।

"सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौँ । तर, पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन मन्त्रालयलाई पत्रचार गरेका छौँ । सरकारबाट केही जानकारी आएको छैन । २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी छन् । जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानबिनको लागिल्याउन अनुरोध गरेको छ," उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्