site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाले माग्यो भ्रष्टाचारमा जन्मकैदको सजाय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारमा जन्मकैद सजायको व्यवस्था राख्न माग गरेको छ । सरकारले संसद्‌मा लगेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा भाग लिँदै राप्रपा सांसद रोशन कार्कीले यस्तो माग गरेकी हुन् । 

भ्रष्टाचार निवारण ऐनले नै अपराधीलाई उम्कने ठाउँ दिएको भन्दै जन्मकैदको सजाय राख्नुपर्ने उनको भनाइ थियो । “ऐनले भ्रष्टाचारीलाई उम्किन दिएको छ कि जस्तो लाग्छ । कैदको सजाय कम छ । विदेशमा भागेर हदम्याद पूरा भएपछि आउन सक्छ । त्यसैले जन्मकैद राख्नुपर्छ,” कार्कीले भनिन्, “भ्रष्टाचारमा कैद मात्र राखेर हुँदैन । हदम्याद किन राख्ने ? भ्रष्टाचारी जहिले नि समाउनुपर्छ । हदम्याद हटाउनुपर्छ ।” 

नेपाली कांग्रेसका सांसद संजय गौतमले कसुर र सजाप थप्न आवश्यक नरहेको भन्दै भएको कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई जिस्क्याउन नहुने भन्दै सरकार निरंकुश बन्नु पनि नहुने तर्क गरे । 

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नागरिकमा राजनीतिज्ञ ब्युरोक्रेसीको सोचमै भ्रष्टाचारले जरो गाड्यो भन्ने सामाजिक चिन्ता बढेको बताए । उनले देशमा कानुन नभई त्यसको कार्यान्वयन नगरेर समस्या भएको बताए । “हाम्रो देशमा कानुन अभावले उपल्लो तहका नेतालाई घेरेको होइन । हामीसँग मौज्दात कानुन पनि पर्याप्त छन्,” सापकोटाले भने, “हाम्रो चिन्तन सोच र प्रवृत्तिबाट भ्रष्टाचार हटाउन आवश्यक छ । त्यसका लागि मूलतः पाठ्यक्रममा भ्रष्टाचार समाजिक अपराध हो भनेर जोड दिन आवश्यक छ ।” 

उनले बेनामी उजुरी दिएर दुःख दिने प्रवृत्ति बढेको भन्दै व्यक्ति कि संस्था खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । “दुख दिन बेनामी उजुरी हाल्ने क्रम बढ्यो । संस्थाले दिन्छ कि व्यक्तिले तोकेर गए हुन्छ,” सापकोटाले भने, “झुटा उजुरी दिनेलाई विधेयकको दफा १० मा एक–तीन वर्ष सजाय भनेको छ । तीन नै भनेर तोकौँ ।”

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro