site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार
फाइल तस्बिर ।

विराटनगर । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई ढलाएर अस्पतालबाट फरार भएका छन् । स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मोरङ जिल्ला कारागारबाट उपचारका निम्ति मोहम्मदलाई अस्पताल लगिएको थियो । पेटमा समस्या देखिएपछि गएको मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

शौचालय जाने भन्दै निस्किएका उनी सुरक्षामा खटिएका प्रहरीलाई हातले ठेलेर ढलाई दौडँदै भागेका थिए । उनी नेपालबाट भारत सीमातर्फ जाने सक्ने भएकाले जोगबनीलगायत नाकामा निगरानी बढाइएको मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

विराटनगर महानगरपालिका–८ का स्थायी बासिन्दा मोहम्मद जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ०७९ फागुन २९ गते जिल्ला अदालत मोरङले उनलाई १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro