site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डेडिकेटेड तथा ट्रंकलाइनमा बक्यौता छुट दिन सरकारले चलखेल गर्न थाल्यो : सापकोटा

काठमाडौं । प्रधानमन्त्री केपी ओली सरकारले डेडिकेटेड तथा ट्रंकलाइनमा उद्योगीलाई छुट दिन लागेको भन्दै नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा प्रश्न उठाएको छ ।

आइतबार प्रतिनिधिसभामा माओवादीका सांसद सापकोटाले सरकारले कुनै न कुनै रूपमा डेडिकेटेड तथा ट्रंकलाइमा चलखेल गरी छुट दिन खोजेको बताए ।

Argakhachi Cement Island Ad

“आठ अर्ब रुपैयाँ सोलोडोलो एकै बास्केटमा हालेर जे गर्न खोजिएको छ । यो आपत्तिजनक छ,” उनले भने, “कुनै चलखेल नगरिकन स्वतन्त्रतापूर्वक अध्ययन गरेर दिएका प्रतिवेदनका आधारमा चल्नका लागि अनुरोध गर्न चाहन्छु ।”

यस्तै, प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर 'हुकुमी शैली'मा लाइन जोड्न आदेश दिएको भन्दै उनले आपत्ति जनाए । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्