site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमाले सहकार्य बाध्यता : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहकार्य रहर नभएर बाध्यता भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा उनले मुलुकको विकृति, विसंगति र निराशाको अन्त्यका निम्ति नयाँ सहमति गरिएकामा जोड दिए । मुलुकलाई अघि बढाउन कांग्रेस–एमालेको सहमतिलाई मजबुत, उपयोगी र निर्णायक बनाउनुपर्ने उनले बताए ।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा विकृतिले जरा गाढेको पाइएको भन्दै निकास दिने गरी आफू अघि बढ्ने उल्लेख गरे । स्वच्छतासहितको काम अहिलेको आवश्यकता भएकाले त्यसमा आफू गम्भीर भएर लाग्ने उनले बताए ।

उनले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वतावरण र यहाँकालाई अवसर दिने गरी वर्तमान सरकारले काम गर्ने जिकिर गरे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro