site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, कति पाउलान् मत ?  
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिनेछन् । 

सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । 

यसैबीच, प्रचण्डले विश्वासको मत नपाउने लगभग निश्चित छ । बिहीबार दिनभर फरक–फरक दलहरूले आफ्नो संसदीय दलको बैठक बसेर विश्वासको मतसम्बन्धी निर्णय गरिसकेका छन् ।  

KFC Island Ad
NIC Asia

दलहरूको निर्णय हेर्दा प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा छन् । आज बिहान ११ बजेसम्म कुनै राजनीतिक उथलपुथल नभए प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्नुपर्ने स्पष्ट छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्र संसदीय दलको बैठक राखेर आधिकारिक निर्णय गर्न बाँकी छ । तर, दलका नेताहरूका अनुसार रास्वपा प्रधानमन्त्री प्रचण्डकै पक्षमा उभिने तयारीमा छ । 

अहिलेसम्मको हिसाब हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत आउनेछ । यी दुवैको संसदीय दलको बैठक बसेर निर्णय गरिसकेको छ ।

Royal Enfield Island Ad

प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले २१ मत दिए भने उनको पक्षमा ६३ मत आउने देखिन्छ । यद्यपि, उसले निर्णय भने गरिसकेको छैन । शुक्रबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । सोही बैठकले निर्णय लिने सचेतक निशा डाँगीले बताएकी छन् । 

यता, स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले कता मत दिन्छन् भन्ने निर्णयमा पुगेका छैनन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्दै आएको छ । 

यदि, यी सबैले प्रधानमन्त्री प्रचण्डलाई मत दिए भने पनि पक्षमा ६८ मतमात्र पुग्नेछ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउने भए १३८ मत जुटाउन आवश्यक छ । तर, दलहरूले गरेका हालसम्मका निर्णयअनुसार यो सम्भावना न्यून छ । 

यता, प्रधानमन्त्री प्रचण्डको विपक्षमा संसद् पहिलो, दोस्रो, पाँचौँ, सातौँलगायत दल उभिने स्पष्ट छ । पहिलो ठूलो दल नेपाली कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छ । कांग्रेससँग ८८ सांसद छन् । 

दोस्रो ठूलो दल नेकपा (एमाले)ले पनि पक्षमा मत नहाल्ने बताइसकेको छ । एमालेसँग ७९ सांसद छन् । जसमा सभामुख देवराज घिमिरे र निलम्बित सांसद टोपबहादुर रायमाझीको संख्या घटाउँदा ७७ हुन आउँछ । 

संसद्को पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ सिट छ । उसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । 

प्रधानमन्त्री प्रचण्ड आफैँले फुटाइदिएको दल जनता समाजवादी पार्टीसँग सात सिट छ । उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादी पार्टी नेपालसँग पाँच सिट बाँकी छ । यी दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।  

प्रचण्डको विपक्षमा उभिने अर्को दल जनमत पार्टी हो । उसका  ६ सांसद छन् । मधेस सरकारमा कांग्रेस–एमालेले आफ्नो मुख्यमन्त्री जोगाइदिएकाले जनमत पनि नयाँ बन्ने गठबन्धनमा सामेल हुने प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन् । 

समान चार सिट भएका नागरिक उन्मुक्ति चार र लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro