site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले विश्वासको मत दिने, नयाँ गठबन्धनलाई सहयोग नगर्ने 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकबाट विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिएको उक्त पार्टीकी नेत्री एवं राष्ट्रियसभा सदस्य जयन्ती राईले जानकारी दिइन् ।

एकीकृत समाजवादीबाट सरकारमा दुई मन्त्री सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ । “प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको छ । नयाँ बन्ने गठबन्धनलाई सहयोग गर्दैनौँ,” उनले भनिन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमति भइसकेको छ । पहिलो चरणमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro