site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेम सुवालको टिप्पणी : हालसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएको भन्दै  आपत्ति समेत जनाए ।

मध्य रातमा एमाले–काँग्रेसबीच सत्तासमीकरण हुने कुराले कालाबजारीहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सांसद सुवालले समान विचार राख्नेहरूले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने उल्लेख गरे । 

"अहिलेसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्तासमीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला," उनले भने ।

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro