site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद राजभण्डारीको प्रश्न– डेंगी सक्रमित बढिरहेका छन्, सरकार कहाँ के गर्दै छ ? 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले देशभर एक हजार १०० जनामा डेंगी संक्रमण पुष्टि हुँदा पनि सरकार र स्वास्थ्य मन्त्रालय कहाँ र के गर्दै छ भनेर प्रश्न गरेकी छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले राजधानी काठमाडौंलगायत देशभरका अस्पतालमा डेंगी संक्रमणका कारण बिरामीको संख्या बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

“मुलुकभर डेंगीको संक्रमण फैलिएको छ । देशभरका ७२ जिल्लामा डेंगी सक्रमितहरू बढिरहेका रिपोर्टहरू आइरहेको छ । राजधानी काठमाडौंका अस्पतालहरूमा पनि संक्रमितहरूको संख्या थपिँदै छ,” उनले भनिन्, “१२ सय डेंगीका रोगीहरू भएको पुष्टि भइसक्दा पनि स्वास्थ्य मन्त्रालय कहाँ र के गर्दै छ ? यसमा तुरुन्त सरकारले ध्यान दिओस् ।”

साथै उनले अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मा खाद्यान्न अति आवश्यक भएकाले तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro