site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरियो : ज्ञानेन्द्र शाही
फाइल तस्बिर

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिए कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताए । 

उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्नसक्ने चेतावनी दिए । सिंगो कर्णाली प्रदेशमा धनुषा र झापाको भन्दा कम बजेट गएको भन्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै हो ? प्रश्न गरे । 

“भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो ? कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरु यहाँ मन्त्री बन्नुभएको हो । तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन । कुनै दल रहेन । अब यही अवस्था यदी सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro